FAQs Complain Problems

समाचार

विज्ञापन तथा प्रचार सामग्री राख्न

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालय / आर्थिक विकास शाखा, राजश्व उपशाखा
सेवा दिने कार्यालय: 
नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार / अनुसूचि ६ अनुसार
आवश्यक कागजातहरु: 
  • विज्ञापनको प्रकृति खुलाइएको निवेदन
  • विज्ञापन एजेन्सी भए सो दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
  • वडा कार्यालयको सिफारिस
  • अन्य कार्यालय वा निकाय बाट अनुमति लिनुपर्ने भए सोको प्रतिलिपी
प्रक्रिया: 
  • राख्न खोजिएको वडा कार्यालयमा सिफारिसका लागि निवेदन दिनुपर्नेछ।
  • अध्यक्ष/सदस्य वा सचिवले सम्बन्धित कर्मचारीलाई तोकादेश गर्ने र कर्मचारीले आवश्यक जाँचबुझ गर्नेछ।
  • अन्य निकाय संग अनुमति लिनुपर्ने भए अनुमति लिई आउनु पर्नेछ।
  • वडाको सिफारिस पत्र सहित कार्यालय प्रमुखलाई निवेदन दिनुपर्ने छ।
  • कार्यालय प्रमुखको तोकादेश भएपछी प्रशासन शाखा बाट अनुमति को पत्र तयार गरी चलानी गराइ उपलब्ध गराइनेछ।