FAQs Complain Problems

घर नक्सा पास सम्बन्धि अनुमति पत्र

सेवा प्रकार:

लाग्ने समय: 
प्लिन्थ ले.को इजाजतको लागि २१- ३० दिन । सम्पन्न प्रमाणपत्र कार्य सम्पन्न पछि।
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत / घर नक्सा शाखा/ईञ्जिनियर
सेवा दिने कार्यालय: 
नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
नक्सा फारम दस्तुर रु. ५००। मापदण्ड लागु भएपछि बनेका पक्की घर (आर वि सी र आर सि सि छाना भएको) प्रति वर्गफिटः- १.अण्डरग्राउण्ड रु ७/ २.भुईतला रु ८/ ३.पहिलो तला रु ९/ ४.दोस्रो तला रु १०/ ५.तेस्रो तला रु ११/ ६.चौथो तला रु १२/ ७.पाँचौ तला रु १३/
आवश्यक कागजातहरु: 
  • नगरपालिका द्बारा तोकिएको नक्सा पास तथा निर्माण इजाजत दरखास्त फारम
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपी
  • जग्गाधनी पूर्जाको प्रतिलिपी
  • तिरो तिरेको रसिदको प्रतिलिपी
  • नापी नक्सा
  • व्यक्ति स्वयं उपस्थित नभएमा वारेसनामा
  • ३ प्रति पासपोर्ट साइजको फोटो
  • पहिले निर्माण भएको भए घरको फोटो
प्रक्रिया: 
  • विधि पूर्वकको निवेदन पेश गर्ने कार्यालय प्रमुख बाट  तोकादेश गरिने
  • राजश्वशाखा शुल्क तिरी बाट नक्सापास तथा निर्माण इजाजत किताब लिइ नेपाल सरकारको इजाजत प्राप्त शिक्षण संस्थाबाट पास भएको ईन्जिनियरबाट घरको  नक्सा बनाउने
  • नक्सा दर्ता पछी अमिन बाट सर्जमिन मूचुल्का र १५ दिने दाविविरोध सूचना जारी गरिने
  • कसैबाट मुद्दा नपरे निर्माण/ DPC इजाजत प्रमाण पत्र पाउन सक्ने
  • घर निर्माण पछी निर्माण सम्पन्न प्रमाण पत्र पाउने