FAQs Complain Problems

समाचार

Decisions

२०७९ जेठ ११ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयहरु (बैठक संख्या:१/२०७९-०८४)

बैठक संख्याः १/२०७९-०८४

मिति २०७९ साल जेठ ११ गतेका दिन बसेको कोहलपुर नगरपालिका, नगर कार्यपालिकाको बैठकबाट देहाय बमोजिमका निर्णयहरु पारित गरियो।

निर्णय नं. १

  1. मिति २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो अमुल्य मत दिई नगर प्रमुख, उप प्रमुख, वडाध्यक्ष एवं वडा सदस्यको पदमा निर्वाचित गराउनुहुने सम्पूर्ण कोहलपुर बासी आमाबुवा दाजुभाइ एवं दिदि बहिनी मतदाता लगायत सम्पूर्णमा हार्दिक धन्यवाद आभार ब्यक्त गर्ने ।
  2. नव निर्वाचित पदाधिकारीहरु संलग्न नगर कार्यपालिकाको पहिलो बैठक भएकाले बैठकमा प्रमुख प्रशासकीय अधिकृतबाट नेपालको संविधान, स्थानीय सरकार सञ्‍चालन ऐन, २०७४, नगरपालिकाको बैठक संचालन कार्यविधि, २०७४ मा भएका मूलभुत प्राब्धानहरु, बैठक सञ्‍चालन प्रक्रिया, नगरपालिकाको विद्यमान सांगठनिक एवं प्रशासनिक अवस्था लयायतको विषयमा प्रस्तुत गरी जानकारी गरियो ।
  3.  यस नगरपालिका, नगरकार्यपालिकाका अघिल्ला बैठकहरुबाट भएका निर्णयहरुको समिक्षा गरियो। कार्यान्वयन गर्न बाँकी निर्णयहरु यथाशिघ्र कार्यान्वयन गर्न सम्बन्धित विषयगत शाखा एवं वडा कार्यालयहरुलाई निर्देशन दिने।

निर्णय नं. २

यस नगरपालिकाका नव निर्वाचित प्रमुखज्यूको पद बहालीसँगै नगरपालिकाको विशेष प्राथमिकता रहने गरी भएका निर्णयहरु हरुको विषयमा यस बैठकमा बृहतरुपमा छलफल गरियो ।सो निर्णयहरु उपर बैठकका सदस्यहरुबाट प्राप्त राय सुझाव समेटी आवश्यकता अनुसार देहायका विषयमा कार्ययोजना तयार गरी एवं कार्यबिधीहरु निर्माण गरी शीघ्र कार्यान्वयमा लैजाने निर्णय गरियो ।

  1. नगरबासीलाई नगरपालिकाले प्रदान गर्ने सेवाको बारेमा सुसुचित गर्ने, गुनासो ब्यवस्थापन गरी सुशासन कायम गर्ने एवं एम्बुलेन्स र विपद (दमकल) ब्यवस्थापनमा सहज हुने गरी एक/एक टोल फ्रि (निःशुल्क फोन गर्न सकिने) नं. संचालनमा ल्याउने ।
  2. निर्वाचनको बखत कोहलपुर बासी आमाबुवा दाजुभाई एवं दिदि बहिनीहरुसँग गरिएका प्रतिवद्धता पूरा भए/ नभएको जानकारी संचार गर्न एवं विभिन्न विषयहरु संवोधन गर्न प्रत्येक महिना नगर प्रमुख आफै जनता समक्ष उपस्थित हुने र अन्तर्क्रियामा भाग लिने गरी सिधा कुरा मेयरसँग कार्यक्रम संचालनमा ल्याउने ।
  3. यस नगरपालिकामा श्रम शक्ति आवश्यक पर्ने प्रतिष्ठान एवं पटके कार्यको लागि त्यस्तो जनशक्ति उपलब्ध गराउन एवं बेरोजगार (सीप युक्त र सीप नसिकेका) ब्यक्तिहरुलाई रोजगारीमा आवद्ध गर्ने उद्देश्यका साथ एक रोजगार बैंक/श्रम बैंकको स्थापना गर्ने ।
  4. नगरपालिका भित्र बसोबास गर्ने अति विपन्न/दलित समुदाय एवं लक्षित वर्गका विद्यार्थीहरुलाई प्राथमिकता दिई उच्च शिक्षा (स्नातक तह) सम्म निःशुल्क अध्ययनको लागि मासिक शुल्कमा छुट हुने गरी छात्रवृत्ति उपलब्ध गराउन सरकारी विश्वविद्यालयका आंगिक क्याम्पस सँग सहकार्य गरिने ।
  5. कोहलपुर नगरपालिकाको सामाजिक, पूर्वाधार विकासका अलावा आर्थिक विकासमा समेत टेवा पुराउने गरी नगरपालिकाको समग्र आर्थिक अवस्था विश्लेषण गरी ६ महिना भित्र प्रतिवेदन (स्वेत पत्र) तयार गरी सो को आधारमा नगरपालिकाको नीती, बजेट, योजना तथा कार्यक्रम तर्जुमा गर्ने । तत्काल श्वेतपत्र जारी गर्नका लागि कार्यालयले कार्यप्रक्रिया अगाडि बढाउने ।
  6. हाल नेपालमा देखिएको पेट्रोलियम पदार्थको अत्याधिक खपत एवं सोको बढ्दो मुल्यको कारण ब्यापार घाटा र आर्थिक रुपमा देशलाई नोक्सानी भईरहेको साथै पेट्रोलियम पदार्थको दहनबाट प्रदुषण समेत वृद्धि हुने भएको हुँदा सो को न्यूनीकरण गरी स्वदेशमा उत्पादित विद्युतको उच्चतम् प्रयोग गर्न र प्रदुषण न्यून गरी हरित नगर निर्माण गर्ने उद्देश्यका साथ वृक्षारोपण कार्यक्रम एवं नगरपालिका क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोग, विद्यूतीय चुल्होको प्रयोग लगायत विद्यूत खपत हुने उद्योग धन्दाहरुलाई प्रर्वधन गर्ने नीति लिने।
  7. नगरपालिकामा विभिन्न विषयको अध्ययन अनुसन्धान गरी नगरपालिकालाई सुझाव सल्लाह दिई नीति निर्माणमा टेवा पुर्याई नगरपालिकाको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले विभिन्न विषयका विज्ञहरु संलग्न भएको एक विज्ञ समूह (कोहलपुर नीति समूह) गठन गरी कार्यान्वयनमा ल्याउने ।

निर्णय नं. ३

       यस नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट, योजना तथा कार्यक्रम तर्जुमाका लागि स्थानीय सरकार सञ्चालन ऐन को दफा ६६ बमोजिम स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको मिति २०७९/१/१० को निर्णयानुसार विषयगत शाखा एवं वडा समितिलाई सिलिङ् निर्धारण गरी मिति २०७९/०१/१३ गते पत्रचार गरिएकोमा हाल नवनिर्वाचित जनप्रतिनिधीले पदबहाली गरे पश्चात नयाँ  समितिको राय सुझाव एवं धारणा अनुकूल हुने गरी दफा ६६ बमोजिमको समितिमा हाल कायम भएका संख्याबाट यथाशीघ्र पुन: बैठक बसी यस अघिको समितिको बैठकबाट निर्धारण भएको विषयगत शाखा एवं वडाको सिलिङ्‍मा आवश्यकता अनुसार परिमार्जन गर्ने ।

निर्णय नं. ४ विविध

  1. यस नगर कार्यपालिकाको बैठकमा समयमै उपस्थिति, बैठकको मर्यादा पालन, अनुशासन लगायतको आचारसंहिता पालना कडाइका साथ गर्ने सहमति भयो।
  2. दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (ENSSURE) ले यस नगरपालिकाभित्रका बेरोजगार २० जना युवाहरुलाई Computer Hardware and Network Technician तालिम प्रदान गर्ने कार्यक्रम रहेकोमा उक्त तालिमका लागि सहभागी छनौट गर्दा कार्यक्रम निर्देशिकाको मापदण्ड अनुसार प्रत्येक वडाबाट १/१ जना गरी १५ जना र ५ जना नगर कार्यपालिकाको कार्यालयबाट गरी जम्मा २० जना छनौट गर्ने । सो को समन्वय एवं ब्यवस्थापन सो कार्यक्रमको फोकल पर्शन एवं शिक्षा युवा तथा खेलकूद शाखा प्रमुखले गर्ने । साथै निर्देशिका बमोजिम तालिम प्रदायक सँस्था छनौटको लागि समेत सार्वजनिक सूचना जारी गरी कार्यक्रम संचालन गर्ने।
  3. कोहलपुर नगरपालिका भित्रका नगर स्तरीय विभिन्न योजनाहरुको अनुगमन, मुल्यांकन गरी फरफारकको लागि कार्यालयमा सिफारिस गर्ने र सोको आवधिक प्रतिवेदन यस कार्यपालिका समक्ष पेश स्थानीय सरकार संचालन ऐन, २०७४ एवं स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शनको दफा ६.२ बमोजिमको कार्य गर्न देहाय बमोजिमको अनुगमन तथा सुपरीवेक्षण समिति गठन गर्ने निर्णय गरियोः

संयोजकः श्री संगिता पौडेल सुवेदी, उप प्रमुख, कोहलपुर नगरपालिका ।

सदस्यः श्री लाल बहादुर राना वडा अध्यक्ष, वडा नं. ८

सदस्यः श्री (नगर प्रमुखले पछि तोक्ने)

सदस्य श्री (नगर प्रमुखले पछि तोक्ने)

सदस्यः श्री पूर्वाधार विकास शाखा प्रमुख, कोहलपुर नगरपालिलका ।

सदस्य सचिवः श्री योजना शाखा प्रमुख, कोहलपुर नगरपालिका ।

उपरोक्त समितिमा आवश्यकता अनुसार प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित विषय विज्ञ, शाखा प्रमुख वा साईट ईन्चार्ज प्राविधिक मध्ये बढिमा २ जना आमन्त्रित सदस्य एवं एक जना सहयोगी कर्मचारी सहभागी गराउन सकिने ।

  1. यस नगरपालिकाका स्थायी बासिन्दा एवं नगरपालिकामा बसोबास गर्ने अति विपन्‍न एवं लक्षित परिवारका व्यक्तिबाट आर्थिक सहायताका लागि माग भई आई साबिकमा रु.१००००।– सम्म आर्थिक सहायता उपलब्ध गराउने गरिएकोमा हाल खर्च मितव्ययितालाई समेत मध्यनजर गरी उपलब्ध गराउनुपर्ने भएमा रु.५०००।–(पाँच हजार) सम्मको आर्थिक सहायता प्रदान गर्न सक्ने गरी स्थानीय सरकार सञ्‍चालन ऐनको दफा १८ बमोजिम नगर प्रमुख लाई अधिकार प्रत्यायोजन गर्ने र सो भन्दा माथीको आर्थिक सहायता भएमा कार्यपालिकामा पेश गरी निर्णय भए बमोजिम उपलब्ध गराउने ।
  2. नगर प्रमुखको कार्य सहजताका लागि निजको सचिवालयमा कार्य गर्न नगर प्रमुखको पदावधिभर वा निजले चाहेको बखत पद मुक्त गर्ने गरी नगर प्रमुखले तोकेको एक जना स्वकीय सचिव नियुक्त गर्ने ।

Pages