नगरपालिकाको संक्षिप्त परिचय

भौगोलिक अवस्था :-  बाँके जिल्लाको सुन्दर नगरी कोहलपुर नगरपालिका साविक रझेना र साविक कोहलपुर गा‍.वि.स. मिलाएर मिति २०७१/१/२५ गते कोहलपुर नगरपालिका घोषणाा भएको हो । मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा रहेको १५ जिल्लाको मध्य तराई क्षेत्रमा अवस्थीत बाँके जिल्लाको पश्चिम उत्तर कुनामा रहेको कोहलपुर न‍‍.पा. नेपालगंज देखि १६ कि.मि. उत्तरमा अवस्थित मध्य पश्चिम क्षेत्रको द्धार हो । यसको सिमाना पूर्वमा महादेवपुरी गा.वि.स., पश्चिममा बनकटवा र नौवस्ता गा.वि.स., दक्षिणमा शम्शेरगंज,  कम्दी गा.वि.स. र उत्तरमा चुरेश्रृखला रहेको छ ।  यस न.पा.को तापक्रम न्यूनतम ७ डिग्री सेल्सियस देखि अधिकतम ४५ डिग्रि सेल्सियस सम्म मापन गरिएको छ । 

सामाजिक अवस्था :- कोहलपुर न.पा. नेपालकै प्रगति उन्मुख नगर हो । जहाँ बिजुली, बत्ती, खानेपानी, बाटो घाटो, पुल, अस्पताल, विद्यालय उच्चशिक्षा खेलकुद लगायत सम्पूर्ण दृिष्टले सुसम्पन्न नगर हो । यहाँ मुख्य बसोबास थारु जातीको रहेता पनि सबै जातिको उपस्थित देखिन्छ । यहाँ विभिन्न जातजाति, धर्म सस्कृती मान्ने मानिसहरुको बसाेबास रहेको छ ।